भदौ १७ , काठमाडौ – नेपाल आयल निगमले चाडबाडलाई लक्षित गरेर ग्यासको मूल्य घटाएको छ ।
आजदेखि लागुहुनेगरि प्रतिसिलिन्डर ५० रुपैयाँ भाउ घटाएको छ । १ हजार ३ सय ७५ रुपैयाँबाट ५० रुपैयाँ घटेपछि अब उपभोक्ताले १ हजार ३ सय २५ रुपैयाँमा ग्यास पाइनेछ । केही दिनअघि आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि ग्यासमा ५० रुपैयाँ मूल्य घटाउन निर्देशन दिएको थियो। मन्त्रालयले असोज १ बाट घटाउन निर्देशन दिएको भए पनि निगमले मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले ग्यास सिलिन्डरमा १ सय ११ रुपैयाँ ७५ पैसा नाफा राखेर बेच्दै आएको थियो । अब निगमलाई प्रतिसिलिन्डर ग्यासमा ६१ रुपैयाँ ५० पैसा नाफा रहने छ।