म्याच फिक्सिङ गर्ने चार खेलाडीलाई थप सकस,प्रतिबन्धविरुद्धको अपिल खारेज

भदौ ९ , काठमाडौँ – म्याच फिक्सिङको आरोपमा आजीवन प्रतिवन्ध लगाइएका नेपालका ४ जना फुटबल खेलाडी र एक प्रशिक्षकले कारबाही पुनरावलोकनका लागी गरेको अपिल एशियाली फुटवल महासंघ एएफसीको अपिल कमिटीले खारेज गरिदिएको छ । कमिटीको आज बसेको बैठकले नेपाली खेलाडीहरूमाथि एएफसीले लगाएको प्रतिबन्धविरुद्धको अपिललाई खारेज गरिदिएको हो ।

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापासहित विकास सिंह क्षेत्री, सन्दीप राई, रितेश थापा तथा पूर्वप्रशिक्षक अञ्जन विष्टलाई म्याच फिक्सिङको आरोपमा प्रहरीले गत असोज २७ गते पक्राउ गरेको थियो । नेपाली राष्ट्रिय टोलीका मुख्य खेलाडी नै म्याच फिक्सिङमा संलग्न रहेको पाइएपछि एएफसीको अनुशासन कमिटीले उनिहरुमाथि गत डिसेम्बर ५ मा आजिवन प्रतिबन्ध लगाएको थियो ।