साउन ३२, काठमाडौं – व्यवस्थापिका संसदका समितिहरुको वैठकमा अबदेखि सांसदहरुले खाजा-खाना नपाउने भएका छन् ।
संसद सचिवालयले १ भदौदेखि लागूहुनेगरी साँझ विहान बैठक बस्दा उपलव्ध गराउँदै आएको खाना खाज उपलव्ध नगराउने निर्णय गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
९ बजेअगाडि र साँझ ७ बजेपछाडि बैठक बस्दा कुपनका आधारमा खाजा र खानाको व्यवस्था गरिदैँ आएको थियो ।
सभामुख ओनसरी घर्तीको उपस्थितिमा आइतबार बसेको सचिवालयको बैठकले अवदेखि खाजा खानाको कुपनको साटो बैंठकमा उपस्थित भएको हाजिरीका आधारमा सम्बन्धित सांसदलाई आफ्नै खातामा थप भक्ता उपलव्ध गराउने निर्णय गरेको हो ।
संसदिीय समिति बैठकमा सहभागी सांसदहरुलाई चार सय रुपैयाँ भत्ता उपलव्ध गराउने निर्णय भएको छ । यसअघि सांसदले समिति बैठकमा सहभागी हुँदा एक सय ५० रुपैयाँ भक्ता र खाजा खानको कुपन पाउँदै आएका थिए ।