साउन १९,काठमाडौं – विदेशमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ। विदेश अध्ययनका लागि शिक्षा मन्त्रालयबाट एक वर्षमा साढे ३२ हजार विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट ९एनओसी० लगेका छन्। जसका लागि राष्ट्र बैंकबाट साढे १७ अर्ब रुपैयाँभन्दा बढी सटही भएको छ।
शिक्षा मन्त्रालय नो अब्जेक्सन सर्टिफिकेसन शाखाका अनुसार आर्थिक वर्ष ०७२र७३ मा ३२ हजार चार सय ८२ विद्यार्थीले विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगेका छन्।
राष्ट्र बैंकको करेन्ट माइक्रोइकोनोमिक एन्ड फाइनान्सियल सिचुएसन ९सिएमएफएस० अनुसार गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १७ अर्ब ६४ करोड २० लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको छ।
मुद्रा सटही गर्ने क्रम बढ्यो
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ११ महिनाभन्दा यस वर्ष १२ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले विदेश अध्ययन गर्न जानेहरूका कारण मुद्रा सटही गर्ने क्रम बढिरहेको जानकारी दिए।
अघिल्लो एक वर्षमा सटही भएबराबरको रकम यो वर्ष ११ महिनामै सटही भएको छ।
अस्ट्रेलिया, जापान र अमेरिका प्रमुख गन्तव्य
शिक्षा मन्त्रालयमा गत आर्थिक वर्ष साउन महिनाबाहेकको ११ महिनाको तथ्यांकअनुसार सबैभन्दा धेरै विद्यार्थीले अस्ट्रेलिया, जापान र अमेरिकालाई प्रमुख गन्तव्य बनाएका छन्।
११ महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी अस्ट्रेलियामा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगेका छन्। जापानका लागि पाँच हजार चार सय ९१ र अमेरिका अध्ययनका लागि चार हजार सात सय २६ जनाले ‘नो अब्जेक्सन लेटर’ लगेका छन्।
कुन महिनामा कति ‘नो अब्जेक्सन लेटर’ ?
सबैभन्दा बढी गत जेठ महिनामा चार हजार सात सय ९८ वटा ‘नो अब्जेक्सन लेटर’ जारी भएको थियो। शिक्षा मन्त्रालयका अनुसार आव ०७२(०७३ को साउन महिनामा दुई हजार नौ सय २१, भदौमा पाँच ८५, असोजमा दुई हजार तीन सय ६०, कात्तिकमा एक हजार तीन सय ९१, मंसिरमा तीन हजार एक सय २५, पुसमा तीन हजार दुई सय १३, माघमा एक हजार नौ सय ८९, फागुनमा तीन हजार पाँच सय ७९, चैतमा दुई हजार दुई सय तीनजनाले ‘नो अब्जेक्सन लेटर’ लगेका थिए।
त्यसैगरी, ०७३ वैशाखमा दुई हजार चार सय ५७, जेठमा चार हजार आठ सय ९८ र असारमा तीन हजार सात सय ६७ जनाले मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लगेका छन्।