साउन १३ , काठमाडौं – सरकारले शुक्रबार काठमाडौं उपत्यकामा सार्बजनिक विदा दिएको छ । शुक्रबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा हो ।
गृहमन्त्रालयले बिहीबार सूचना निकालेर शुक्रबार काठमाडौंमा सार्बजनिक विदा दिइएको जानकारी दिएको छ ।
ललितपुरको जावलाखेल चोकमा रातो मच्छिन्द्रनाथको भोटो देखाएपछि मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुने गर्दछ । रातो मच्छिन्द्रनाथको जात्रा नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने जात्रा हो ।
भोटो देखाउने अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट अतिथिहरुको समेत सहभागीता हुने गर्दछ ।