साउन ३,काठमाडौं – संघीय गठबन्धनमा आबद्ध दलहरुले कांग्रेस–माओवादीको नयाँ गठबन्धनलाई सरकार बनाउन सहयोग गर्न सहमत भएका छन्।
प्रधानमन्त्री केपी ओलीको सरकार ढाल्न आन्दोलन सफल भएको भन्दै गठबन्धनका नेताहरुले ससर्त समर्थन गर्ने जनाएका हुन्।
आइतबारबाट सुरु भएको गठबन्धनको बैठकमा छलफलका लागि तीनवटा एजेन्डा छन्। पहिले रिले अनसनको समीक्षा, समसामयिक राजनीतिक आगामी आन्दोलन गरी तीनवटा एजेन्डा थिए।
सर्तसहित सरकारलाई समर्थन गर्नु पर्ने, तर सरकारमा सहभागी हुने नहुने प्रस्ताव सद्भावनका महासचिव मनीष सुमनले गरेका थिए। उनको प्रस्तावमा आइतबार बोल्ने नेताहरुले समर्थन गरेका थिए।
सो प्रस्तावमा संघीय गठबन्धनका संयोजक यादवले भने प्रतिक्रिया दिइसकेका छैनन्। उनले सोमबार बोल्ने पालो छ। यादवले गठबन्धनभित्रको विवाद बाहिर नलैजान नेताहरुलाई आग्रह गरेका थिए।