काठमाडौँ – बिहिबार बिहान ओम अस्पतालको आकस्मिक कक्षमा राखेर उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको होस खुलेको छ ।
बुधबार उनले पिजा खाएपछि घाटीमा ससर्किएर उनलाई बान्ता भए लगत्तै चाबहिलस्थित ओम अस्पतालमा उपचाररत कोइरालाको होश खुले लगत्तै आँखामा सामान्य चाल देखिएको उपचारमा संलग्न चिकित्सक डा लव शर्माले जानकारी दिए ।
दिमागीरुपमा पनि अचेत रहेका कोइरालाले आखा चलाएपछि चिकित्सकहरु पनि उत्साहित भएका छन् । २२ घन्टापछि मात्र डा। कोइरालाको होस खुलेको हो ।