दमौली, २२ असार । तनहुँको व्यास नगरपालिका–७ पाटन नजिकै बुधबार सेती नदीले बगाएर एक बालक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा व्यास–१ भादगाउँका १४ वर्षीय अनुप गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तनहुँ जलविद्युत परियोजनाका लागि तयार गरिएको सुरुङ हेर्न जाँदा बालकलाई नदीले बगाएको प्रहरीले जनाएको छ ।