असार २०,काठमाडौं – पञ्चेश्व्र विकास प्राधिकरण (पिडिए)को गभर्निङ बडी बैठक छल्न अनेकौं बहाना देखाउँदै आएको भारतीय पक्षले यसपालि पनि उही प्रवृत्ति दोहोर्याएको छ।
भारतीय जलस्रोत सचिव शशि शेखर कार्यव्यस्तता देखाउँदै आउन नमानेपछि सोमबार पोखरामा हुने तय गरिएको गभर्निङ बडीको चौथो बैठक अनिश्चित हुन पुगेको छ।
नेपालका ऊर्जा र भारतीय जलस्रोत सचिले बैठकको अध्यक्षता गर्ने पिडिएमा प्रावधान छ। भारतीय पक्षले सचिवको ठाउँमा अतिरित्त सचिलाई जिम्मेवारी दिएर पठाएपछि रद्द गरने भएकाले नेपालका तर्फबाट बैठकमा सहभागी हुन गएका एक सदस्यले पोखराबाट जानकारी दिए।
‘सचिव तहको पूर्ण बैठक नहुने भयो तर अपतरित्त सचिवको उपस्थितिमा केही छलफल हुनसक्छ,’ती सदस्यले भने,‘सचिव तहको बैठकमा अतिरित्त सचिव आएपछि एक त प्रोटोकल मिलेन, अर्को उच्च तहमा हुने निर्णय हुन सक्दैन। यसैले बैठक सर्ने भएको छ।’
गभर्निङ बडीको तेस्रो बैठक पनि भारतकै कारण दुईपटक सरेको थियो। २०७२ पुस ७ र ८ गते काठमाडौंमा हुने भनिएको तेस्रो बैठक त्यतिबेला भारतीय जलस्रोत सचिव प्रधानमन्त्री नरेन्द्र मोदीसँग अस्ट्रेलिया जानु पर्ने भन्दै माघ २० र २१ गतेका लागि तोकिएको थियो। तर यो मिति पनि सरेर बैठक फागुनमा पुर्याइएको थियो।
पञ्चेश्वर बहूद्देश्यीय आयोजना निर्माणमा भारतकै चासो नभएकाले बैठक सर्न लागेको मन्त्रालयका अधिकारीको तर्क छ।