असार १० , काठमाडौं – गृहमन्त्रालयले देशभरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। वर्षायाम सुरूसँगै आइपर्ने बाढी पहिरो र त्यसबाट उत्पन्न हुनसक्ने विपत् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन तथा त्यसका लागि उच्च सतर्कता अपनाउन गृहले मुलुकभरका प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएको छ।