टोकियो, २ असार । उत्तरी जापानमा बिहीबार ५.३ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । जापानको होकाइदो टापूको नजिकै यसको केन्द्रबिन्दु परेको बताइएको छ ।
बिहीबार अपरान्ह गएको सो भूकम्पको केन्द्रबिन्दु होकाइदो टापूको युचिउरामा परेको थियो । उक्त क्षेत्र होकाइदो टापूबाट दक्षिणपश्चिमी क्षेत्रमा पर्दछ ।
उक्त भूकम्पको कम्पनको केन्द्रबिन्दु भूसतहबाट दश किलोमीटर मात्र तल परेको थियो । सोही कारणले यस धक्काले पनि त्यस क्षेत्रमा निकै हल्लाएको बताइएको थियो ।
यसैबीच जापानी मौसमविज्ञान विभागले यस भूकम्पपछि पनि सुनामीको भने खतरा नरहेको जानकारी दिएको छ ।
जापानमा भूकम्प भन्दा पनि भूकम्पपछि सुनामीको निकै ठूलो खतरा हुने गर्दछ । त्यसैले भूकम्पपछि सुनामीको खतरा छ या छैन भन्ने बारेमा निकै चासोपूर्ण रुपमा खोजी गर्ने गरिन्छ ।
जापानमा जापानमा आएको सुनामीका कारण निकै ठूलो क्षति पुगेको थियो । त्यस विषयमा जारी गरेको सूचनामा उक्त विभाले बिहीबार बिहानको भूकम्पबाट सुनामीलाई खतरा छैन भनिएको छ ।