जेठ २३, काठमाडौं – जनसंख्या तथा वातावरणमन्त्री विसेन्द्र पासवान गम्भीर विरामी परेका छन् ।
उनको निजी सचिवालयले दिएको जानकारीअनुसार फुड पोइजनका कारण विगत चार दिनदेखि विरामी परेका पासवानको अवस्था झन गम्भीर बनेको छ ।
उनलाई थप उपचारका लागि अहिले एयर एम्बुलेन्समार्फत भारतको राजधानी नयाँ दिल्ली लगिदैछ ।
वातावरणमन्त्री विसेन्द्र पासवानको अवस्था गम्भीर, एयर एम्बुलेन्सबाट दिल्ली लगिदै
