जेठ २२,काठमाडौं –धान रोप्न तयार पारिएका खेतका ससाना आलीामाथि केही समय हिँडेपछि हामी बोसीगाउँको एउटा ठूलो इँटाभट्टामा पुग्यो। कराँते प्रशिक्षक संघरत्न महर्जन हाम्रो अघिअघि थिए। उनै संघरत्नका चेला राजेन्द्र राईलाई खोज्दै हामी त्यहाँ पुगेका थियौं।
अघिल्लो साता राजधाजीमा सम्पन्न दोस्रो सदस्यसचिव राष्ट्रिय कराँते प्रतियोगितामा राजेन्द्र बेस्ट फाइटर घोषित भएका थिए।
काठमाडौंको पश्चिम भेगमा पर्ने बोसीगाउँको एउटा सरकारी विद्यालयमा कक्षा चारमा अध्ययनरत १२ वर्षीय राजेन्द्र २० केजी तौल समूहमा स्वर्णसहित प्रतियोगिताकै उत्कृष्ट फाइटर घोषित भएका थिए।
राजेन्द्रको सफलता यसकारणले पनि अर्थपूर्ण थियो कि उनले कराँते सिकेको वषै दिन पनि पुगेको छैन। तैपनि राजेन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै त्यो प्रतियोगिताबाट धेरैको मन लोभ्याएका थिए। अनुभवी खेलाडीलाई फाइनलमा १०–३ अंकको फराकिलो अन्तरले पराजित गर्दै उनले स्वर्ण पदक जितेका थिए।