‘२०२० सम्ममा चिनियाँ रेल नेपालमा’

जेठ १२, काठमाडौं–  चीनको रेल आउँदो सन् २०२० सम्ममा नेपाल आइपुग्ने चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले मंगलबार जनाएको छ। उक्त पत्रिकाका अनुसार सो अवधिमा रसुवागढीसम्म रेलमार्ग पुग्ने र त्यसपछि काठमाडौं जोड्न सजिलो हुनेछ ।

काठमाडौं जोडिएपछि रेलमार्ग वीरगन्ज लगिने र भारतको विहार क्षेत्रमा पनि चीनसँगको व्यापारिक कारोबार  सजिलो हुने उक्त पत्रिकामा छापिएको छ।