‘विप्लव’ माओवादीपनि विभाजित, तिलक परियार नयाँ अध्यक्ष

जेठ ५, काठमाडौं–नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेकपा माओवादीपनि विभाजन भएको छ ।

आफ्नो राजीनामा पत्र गोजीमा राखेर हिँडेका विप्लव’ माओवादीका पोलिट व्यूरो सदस्य तिलक परियार ‘हिक्मत’ले आज औपचारिक रुपमा पार्टीमा राजीनामा पत्र बुझाउने तयारीमा रहेको बताइएको छ ।  ।

स्रोतका अनुसार परियारले आफ्नो अध्यक्षतामा नेकपा माओवादी पार्टी पनि गठन गरेको र सो पार्टीको प्रवक्तामा वसन्त घर्तीलाई नियुक्त गरेको बुझिएको छ ।
स्रोतका अनुसार भोलि जेठ ६ गते तिलक परियारसहितको विभाजन भएर छुट्टिएको विप्लव माओवादीको पार्टीका नेताहरू एमाओवादीमा विलय हुनेछन् ।

‘विप्लव’ चीनमा रहेका बेला पोलिट व्यूरो सदस्य परियारले नेकपा माओवादीलाई विभाजन गरेका हुन् ।

स्रोतका अनुसार ‘विप्लव’ माओवादीलाई एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फुटाएको आरोप छ । दुईदिनअघि प्रचण्डले तिलक परियारसँग ललितपुरको सातदोबाटोमा गोप्य भेट गरेर पार्टी विभाजन गरेर आउन सल्लाह दिएका थिए ।