जेठ २, काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको किर्ते कागज बनाई बिक्री गरेको आरोपमा उपसचिवसहित पाँच पक्राउ परेका छन्। एयरपोर्टले अधिग्रहण गरिसकेको जग्गालाई झुक्याएर बिक्री गर्ने भक्तपुर मालपोत कार्यालयका तत्कालिन कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।
भक्तपुरको दिव्यश्वरी ८ पेप्सीकोलाको १२ आना जग्गा भू–माफियाको समूहसँग मिलेर भक्तपुर मालपोत कार्यालयका कर्मचारीले बिक्री गरेका थिए।
भूमाफियाको गिरोहसँग मिलेर उनीहरुले सरकारी जग्गा नक्कली कागजपत्रका आधारमा बिक्री गरेको अनुसन्धानमा खुलेको छ । आर्थिक प्रभावमा परेर उनीहरुले सरकारी जग्गा बिक्री गरेका थिए ।(नयाँ पत्रिका दैनिकबाट)