वैदेशिक रोजगारीले टुक्रिदैँ परिवार

जेठ २, खोटाङ–श्रीमान विदेशमा रहेका बेला ससुराको बात लागेपछि खोटाङ महादेवस्थानकी सानु परियार नाम परिवर्तनले वर्ष दिनअघि आत्महत्या गरिन् ।

पैसा कमाउन मलेसिया गएको श्रीमान १० वर्षसम्म सम्पर्कविहिन बनेको तनाव र समाजका बात सहन नक्सदा परियारले घरकै शौचालयमा बिष सेवन गरेर आत्महत्या गरेकी थिईन ।

उनको मृत्युपछि ३ जना बालबच्चाको बिचल्ली भएको छ।

श्रीमान कतारमा रहेकै समयमा नेर्पाकी एक महिलाले विष सेवन गरिन ।

स्थानीयका अनुसार श्रीमानसँग उनको बेलाबेलामा फोनमा नै झगडा हुने गर्दथ्यो ।

श्रीमान विदेशमा रहेको बेला बात लगाउने र कुरा काट्नेको हद नाघेपछि च्यास्मीटारकी राई थरकी एक महिलाले हाम फालेर जीवनलिला समाप्त गरिन् । परिवार सम्हाल्ने जिम्मा लिएर बसेका महिला आफन्तकै  आक्षेपका कारण मृत्यु रोज्न बाध्य छन्। (नागरिक दैनिकबाट)