राजविराज– मङ्गलबार राति अचानक आएको हावाहुरीबाट सप्तरीको पूर्वी भेगमा रहेको हजारौँ बिघाको केराखेती नष्ट भएको छ।
सप्तरीको भारदह–१ स्थित कोसी पलारमा हजारौँ बिघामा लगाइएको केरा खेतीमा हावाहुरीले क्षति पु¥याएको छ।
त्यस्तै, हनुमाननगर योगिनिमाई नगरपालिका–२ स्थित कोसी पलारमा करिब ५०० बिघामा लगाइएको केरामा समेत क्षति पुगेको स्थानीयवासीले बताएका छन् । हावाहुरीका कारणले केरा खेतमै आधी भाँचिएपछि केराका घरी भुइँमै यत्रतत्र थुप्रिएको छ भने अधिकांस केरा जरादेखिनै उखेलिएका छन्।
किसानको आयआर्जनका लागि आधार नै केराखेती भएकाले महँगो मूल्यतिरेर मलखाद तथा कीटनाशक औषधि लगाएर केरा खेती गरेका थिए । तर मङ्गलबार राति आएको हावाहुरीले करोडौँ मूल्य बराबरको केरामा क्षति पु¥याएको छ ।
यहाँका किसानले दिनरात मिहेनत गरेर ऋण उठाएर भएपनि करोडको लागतमा लगाएको केरामा आएको हावाहुरीले क्षति पु¥याउँदा आफूहरु झन् समस्यामा परेको स्थानिय कृषकले बताए।