वैशाख २२, काठमाडौँ–मुलुकको अर्थतन्त्र बलियो भए मात्र राष्ट्रियता बलियो हुने विज्ञहरुले बताएका छन् ।
नेपाल पत्रकार तथा लेखक समाजले आयोजना गरेको ‘राष्ट्रियता शान्ति र नागरिकको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपाल आर्थिक रुपले सम्पन्न भए मात्र राष्ट्रियता बलियो हुने बताए ।
इतिहासविद् प्राडा सुरेन्द्र केसीले देश आत्मनिर्भर बनेर अन्तरनिर्भरतालाई हटाउन सके मात्र राष्ट्रियताप्रतिको माया बढेर जाने बताए ।
नेपाल बौद्धिक मञ्चका अध्यक्ष केवी रोकायाले माओवादी जनयुद्धलाई सही रुपमा व्यवस्थापन गर्न नसकेकाले राष्ट्रियता कमजोर भएको जिकिर गरे उनले भने, “तत्कालीन राजतन्त्र, राजनीतिक दल र माओवादीलाई शक्ति बाँडफाँड गरेको भए राष्ट्रियता बलियो हुन्थ्यो ।”