काठमाडौ– नेपाली फेसन डिजाईनरहरुलाई प्रर्वद्धन गर्ने उद्देश्यले गरिदै आएको बृहद फेसन डिजाईनिङ्ग प्रतिष्पर्घा ‘भोयाज अफ क्रिएसन’ को दोस्रो संस्करण अगामी जेठ ७ गते राजधानीमा हुने भएको छ ।
नेपाल ईन्स्टिच्यूट अफ फेसनले पत्रकार सम्मेलन गरेर आगामी जेठ ७ गते राजधानीको होटल अन्नपूर्ण प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएको हो ।
ईन्स्टिच्यूटका प्रवन्ध निर्देशक अमित झाले प्रतियोगितमा ४८ जना डिजाईनरहरुले फरक फरक सिक्वेन्समा आफ्नो सृजनालाई १० पुरुष र २० महिला मोडलमार्फत प्रस्तुत गर्ने जानकारी दिए ।
नेपालको सबैभन्दा ठूलो र बृहद फेसन डिजाईनिङ्ग ईभेन्ट भनि दावी गरिएको सो प्रतियोगिताका विजयीलाई पचास हजार नगद पुरस्कारसहित कलिउड र बलिउडको सिनेमामा डे«स डिजाईनिङ्गको अवसर उपलब्ध गराउने उनले बताए ।
सो प्रतिष्पर्धाको शो टपरको रुपमा बलिउड अभिनेता राहुल रोय, भारतीय सुपर मोडल एव अभिनेत्री साधान सिंह र लक्कि सुरिन र्याम्पमा उत्रने छन ।
ठाउँ नपाएर बसेका प्रतिभालाई एक्सपोजर दिने उद्देश्यले आयोजना गरिने प्रतियोगिता ह्याटसअप ईन्टरटेन्मेन्टको सहकार्यमा जिरो ग्राउण्डले गर्न लागेको हो ।