वैशाख ९, गुल्मी–नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले वर्तमान सरकारले कालोबजारीलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।
प्रेस युनियन गुल्मीले बिहीवार विहान सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा गगन भने( ‘यो सरकारले कालोवजारीलाई संरक्षण गरेको र संरक्षण मात्र होईन सरकार आफै पनि संलग्न भएको छ ।’
उनले ‘अब कांग्रेसले सहेर बस्दैन, राम्रो काम गरे सघाउछ’ भन्दै नभए सरकार छाडन आग्रह गरे । हामी महाधिवेशनमा व्यस्त भएर सरकारका त्यस्ता जनविरोधी कार्यविरुद्ध उत्रिन सकेका थिएनौ’ नेता थापाले भने( ‘अब महाधिवेशन सकिएको छ सरकारले राम्रो काम गरे कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुमिकामा रहेर सघाउछ नत्र यो सरकारलाई हटाउँछ ।’
वर्तमान सरकारले नाकाबन्दी खुल्ला भैसकेको यतिका दिनसम्म पनि आपुर्ति सहज बनाउन नसकेको, कालोबजारी रोक्न नसकेको र भूकम्प पीडितहरुलाई सम्बोधन गर्न नसकेको नेता थापाको आरोप छ ।
उनले कांग्रेस कुनै पनि हालतमा एमाले नेतृत्वको सरकारमा नजाने र कांग्रेसकै नेतृत्वमा पनि राष्ट्रिय सरकार बन्न नसक्ने बताए । ‘यो स्थितिमा न एमाले नेतृत्वमा कांग्रेस सरकारमा गएर राष्ट्रिय सरकार बन्न सक्छ न त कांग्रेसकै नेतृव्वमा राष्ट्रिय सरकार बन्न सक्छ,’ उनले भने( ‘कांग्रेसले नै सरकारको नेतृत्व गर्ने स्थितिमा पनि एमाले प्रतिपक्षमा बस्नैपर्छ ।’