एजेन्सी– वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेल छोरीका पिता बनेका छन्। उनकी प्रेमिका नताशाले बिहिबार छोरीलाई जन्म दिएकी हुन्। भारतमा जारी आइपिलमा रोयल च्यालेन्जर्स बैंलोरबाट खेलेका उनी बिचैमा खेल छोडेर दुई दिन अघि जमैका गएका थिए।
उनले छोरीको नाम ‘ब्लस’ राखेका छन्। उनले इस्टाग्राममा नताशासँगै आफ्नो तस्बिर सार्वजनिक गरेका छन्।