वैशाख ६,सुनसरी– बिहे गर्छु भन्दै विभिन्न युवतीलाई यौनशोषण गर्दै आएका ललितपुर बुङमतिका २८ वर्षीय सुदम भन्ने कपिल जोशीलाई इलाका प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।
फेसबुकबाट फेक आईडी बनाएर विभिन्न महिलाहरुलाइ ललाइ फकाइ गरी, विभिन्न आश्वासन दिलाइ बिहे गर्छु भनि यौन तथा आर्थिक शोषण गरेको आरोपमा उनलाइ पक्राउ गरिएको हो ।
पछिल्लो समय एक युवतीलाइ धरान बजारमा डाकी धरान स्थित भानु चौक स्थित खुस्वु होटल एण्ड लजमा लगी यौनशोषण गरी युवतीको साथमा भएको मोवाइल तथा सुनका गहनाहरु लिइ उनी भागेका थिए । ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी १ स्थितमा लुकी छिपी बसेको अवस्थामा युवतीबाट लगेको दशीका सामान सहित उनलाइ पक्राउ गरेको हो ।