चैत २९, काठमाडौं–नेपालको इतिहासमै सुशीला कार्की पहिलो महिला प्रधानमन्यायाधीश बन्ने भएकी छिन् ।
त्यसका लागि आइतबार संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको छ । परिषदको आइतबार साँझ बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
यसअघि विरामी भएर सभामुख ओनसरी घर्ती अस्पताल भर्ना हुँदा परिषदले कार्कीको नाम सिफारिस गर्न सकेको थिएन् ।
वैशाख १ देखि हालका प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अनिवार्य अवकाश पाउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालै पुगेर सभामुखको सहमतिमा परिषदले कार्कीको नाम सिफारिस गरेको हो ।