चैत २६, काठमाडौं– मुलुकको पछिल्लो राजनीतिक अवस्था र संगठनको आन्तरिक विषयमा छलफल गर्न जारी नेकपा एमालेको पोलिट ब्यूरोको बैठक आज पनि बस्दैछ ।
राजधानीमा बस्ने बैठकमा संगठन सुदृढीकरणदेखि सरकारको समीक्षा हुनेछ । बैठकमा एमालेको आन्तरिक विषयमा दुई दिनदेखि छलफल हुँदैछ ।
एमालेको नेतृत्वको सरकारले काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला बसेको पोलिट ब्यूरो बैठमा सरकारविरुद्ध घोचपेच हुने गरेको छ ।
पोलिट ब्यूरोले तयार पार्ने एजेन्डालाई छिट्टै बस्ने केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ ।