चैत १९, काठमाडौं– महाभूकम्पले क्षति भएर विमा दाबी गरेका करिव ४ हजार ८ सय निवेदकले भुक्तानी नपाउने भएका छन् ।
यो कुल दाबी संख्याको २७ दशमलव ८ प्रतिशत हो । उनीहरुले बिमा गर्दा सही गरेको कागज बिमालेखले नसमेटेको भन्दै कम्पनीले यी बिमितलाई भुक्तानी दिन नसकिने जनाएका छन् ।
पीडितहरु भने यो मान्न तयार छैनन । बिमा कम्पनीकै लापरवाही र ठग्ने प्रवृतिले गर्दा दाबी नपाएको उनीहरुको गुनासो छ ।(कान्तिपुर दैनिकबाट)