चैत १९, काठमाडौं– सशस्त्र प्रहरी बलमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको प्रहरी निरीक्षक इन्स्पेक्टरको पहिलो ब्याच आधारभुत तालिम पुरा गर्ने बित्तीकै डिएसपीमा बढुवा भएको थियो ।
१४ वर्षको अवधिमा त्यही संगठनमा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने अवस्था आएको छ । कर्मचारीको बृत्ति विकास योजना नहुँदा सशस्त्र प्रहरीमा कर्मचारीको करिअर चौपट भएको हो ।
अहिले खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको १२ वर्ष बित्दापनि इन्स्पेक्टरहरु डिएसपीमा बढुवा हुन सकेका छैनन् । संठगनमै अहिले कै अबस्था रहिरहने हो भने अबको केही वर्षपछि इन्स्पेक्टरबाट डिएसपी हुन २० वर्ष लाग्ने अवस्था रहेको सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् । जसका कारण संगठनमा व्यापक निराशा छाएको छ ।(नयाँ पत्रिका दैनिकबाट)