चैत १९, काठमाडौं – नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छाप्दैँ छ ।
सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको हो ।
एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए।
असार १५ सम्ममा नयाँ नोट आइपुग्ने बैंकले जनाएको छ।(नागरिक दैनिकबाट)