चैत १७, काठमाडौं–एकीकृत नेकपा(माओवादी) का प्रवक्ता दिनानाथ शर्माले सरकार अहिले कछुवाको तालमा अगाडि बढेको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले वर्तमान सरकारको काम कारवाही प्रभाबकारी नभएको भन्दै सरकाले जनताको हितमा काम गर्न नसकेको बताए ।
उनले काँग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तनको बिषय हल्ला मात्र भएको बताउँदै यहि सरकालाई राष्ट्रिय सरकारको स्वरुप प्रदान गर्दै काँग्रेसलाई समेत सरकारमा सामेल गराउन शीर्ष नेताहरु लागि परेको बताए ।
मधेश अन्दोलनका जायज मागहरुको सम्बोधन नगरे स्थानिय निकायको निर्वाचन असफल हुने भन्दै उनले संघियता र सिमांकनको टुंगो नलगाएसम्म सथानिय निकायको निर्वाचन सम्भव नरहेको टिप्पणी गरे ।