एजेन्सी— आईसिसि टि—ट्वान्टीमा न्यूजिल्याण्ड लगातार तेस्रो जित हात पार्दै सेमिफाइनलमा पुगेको छ। सुपर टेनको आफ्नो तेस्रो खेलमा न्यूजिल्याण्डले मंगलबार पाकिस्तानलाई २२ रनले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिलाण्डले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १८० रन जोडेको थियो। न्यूजिल्याण्डका प्रारम्भीक ब्याट्समेन मार्टिन गुप्टिलले ४८ बलमा तीन छक्का र १० चौकाको मद्दतमा ८० रन बनाएका थिए। रोस टेलरले २३ बल खेल्दै एक छक्का र २ चौकासहित अविजित ३६ रन बनाए।
कोरी एन्डर्सन २१, लुक रोँची ११, कोन विलियम्सन १७ र कोलिल मुन्रोले सात रन बनाए। जवाफी ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा पाँच विकेट गुमाएर १५८ रन मात्र जोड्न सक्यो। पाकिस्तानका लागि सर्जिल खानले ४७,अहमद सेजादले ३०, उमर अकमलले २४, साहिद अफ्रिदीले १९ र सोएब मल्लिकले १५ र सर्फराज अहमदले ११ रन बनाए।
न्यूजिल्याण्डले अघिल्ला दुई खेलमा भारत र अष्ट्रेलियालाई हराएको थियो। समूह दुईमा रहेको न्यूजिल्याण्ड ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।