चैत ७, सर्लाही– नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपाली काँग्रेस, नेकपा एमाले र एकिकृत नेकपा माओवादी पार्टीका मधेशमा नाम लिनु अपराध रहेको बताए ।
‘मधेशी जनतासंग यी पार्टीहरुले गरेको व्यवहारले मधेशमा काँग्रेस, एमाले र एमाओवादीको नाम लिनु अपराध हो ।’– उनले भने । ६ महिना सम्म चलेको मधेश आन्दोलनमा आफ्ना अधिकारका लागि मधेश जनता सडकमा आउँदा यी पार्टीहरुले टाउँको तथा छातीमा गोली हान्ने काम गरेकाले आज यो कुराले दुनियाँ चकित भएको उनको तर्क थियो ।
चैत १ गते देखि नै आफ्नो गृह जिल्ला सर्लाहीमा पार्टी सुदृढिकरण तथा जनजागरणमा लागेका महतोले सदरमुकाम मलंगवामा पार्टीको भातृ संगठन युवा मंचका कार्यकर्तालाई सम्बोधन गर्दै मधेश विरोधी पार्टीमा रहेका मधेशीहरु आज गुलाम बनेर लम्पसार भएर बसेको उनले आरोप लगाए ।
नेपाली काँग्रेस, एमाले र एमाओवादी पार्टीका नाम मधेशमा लिनु अपराध हो ः अध्यक्ष महतो
