सार्क मिनी सम्मेलनः बनेन ठोस एजेन्डा

चैत ४, काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को ‘मिनी शिखर सम्मेलन’यस क्षेत्रका जनतासँग प्रत्यक्ष सरोकार राख्ने ठोस एजेन्डा सम्बोधन गर्न चुकेको छ।

यस क्षेत्रलाई सडक तथा रेल्वे सञ्जाल, विकासका लागि पर्यवेक्षकको भूमिका एवं युथ चार्टरलगायत एजेन्डा स्थायी समितिबाट अघि बढ्न सकेन।

पुरानै विषयमा छलफल केन्द्रीत रह्यो। विगतका प्रतिबद्धता कार्यान्वयन पक्ष केलाउने चासोसमेत सदस्य मुलुकले देखाएनन्।

सार्क क्षेत्रको विकास प्रक्रियामा पर्यवेक्षक मुलुकलाई सामेल गराउने विषयमा २०७१ मंसिरमा सम्पन्न १८ औं शिखर सम्मेलनमै पारित भएपनि त्यसअनुरुपको कार्यक्रम अहिलेसम्म अघि बढ्न सकेको छैन। (कान्तिपुर दैनिकबाट)