परिषदले फेरि पठायो सिफारिस

चैत ३, काठमाडौं–  सर्वोच्चको आदेश आएलगत्तै न्यायपरिषदले गरेको ११ न्यायाधीशको सिफारिसलाई मंगलबार पुनस् सभामुखकै पोल्टामा फिर्ता पठाएको छ ।
परिषदका सचिव कृष्ण गिरीका अनुसार सभामुखलाई पूर्वपत्रअनुसारै काम अघि बढाउनू भन्ने थप पत्रका साथ सिफारिस पठाइएको हो ।

परिषदको गत फागुन १८ मा भएको सिफारिसलाई परिषदमै फिर्ता गर्ने सभामुख ओनसरी घर्तीमगरको पत्र ‘प्रथम दृष्टिमै त्रुटिपूर्ण’ भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको भोलिपल्ट परिषदले यसरी पत्र पठाएको हो ।(कान्तिपुर दैनिकबाट)