सहकारीको माध्यमबाट देश समृद्ध हुने ःप्रम ओली

फागुन ३०, भैरवहा–प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको माध्यमबाट देश समृद्ध हुने बताए ।
सहकारी अभियानले समाजका कमजोर बर्गलाई सवलिकरण गर्दै अघि बढेमा देश समृद्ध हुन धेरै समय नलाग्ने प्रधानमन्त्री ओलीले बताए ।
बर्दिया जिल्लाका कृषि सहकारी सँस्थाहरुलाई साना किसान विकास बैंकमा आवद्ध गराएर व्यवस्थापन हस्तान्तरण गर्ने कार्यक्रमलाई भैरवहाबाट मोवाइलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीकै माध्यमबाट समन्यायिक र समावेशी समाजको निर्माण हुनेमा आफू विस्वस्त रहेको बताए ।
देशको दुई तिहाइ परिवार कृषिमा संलग्न रहेका र ति मध्ये करिब७० प्रतिशत परिवार साना किसान रहेको तथ्य औल्याउदै प्रधानमन्त्री ओलीले त्यस्ता किसानको आर्थिक र सामाजिक उत्थानमा  सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको  बताए ।