फागुन १६, एजेन्सी मुम्बई–भारतको मूम्बईमा एक व्यक्तिले परिवारका १४ सदस्यको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन्। भारतीय समाचार संस्था पिटिआइका अनुसार मूम्बईको ठाणेमा ती ब्यक्तिले शनिबार राति परिवारका सदस्यको हत्या गरेका थिए। हत्या भएकामा ७ बालबालिका, ६ महिला र १ पुरुष छन्। ती व्यक्तिले शनिबार एक पार्टी आयोजना गरी परिवारका अरू सदस्य बोलाएका थिए। प्रहरीले हत्याको कारण खुल्न नसकेको बताएको छ।