प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्धलाई अझै प्रगाढ बनाउँछः भारतीय राजदुत

फागुन ६, काठमाडौं–नेपालका लागि भारतीय राजदुत रञ्जित रेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको फागुन ७ गतेबाट हुने भारत भ्रमण अत्यन्तै सफल हुने विश्वास ब्यक्त गर्दै भ्रमणपछि दुई मुलुकवीचको सम्बन्ध अझै प्रगाढ बन्ने बताएका छन ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा राजदुत रेले नेपालका प्रधानमन्त्रीको यो भ्रमणलाई भारतले अत्यन्तै महत्व दिएको भन्दै दुई मुलुकवीचको पछिल्लो अवस्थाले पनि भ्रमणको महत्व अझै बढाएको बताए ।

साक्षात्कारमा उनले भने,‘ पछिल्लो समयमा नेपाल र भारतवीचको सम्बन्धमा उतारचढाव आयो । प्रधानमन्त्रीको यो भ्रमणले यस्तो असहज परिस्थितिको अन्त्य गर्छ । नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु हुँदैछ हामी यसबाट खुसी छौ । प्रधानमन्त्रीको भ्रमण सफल हुन्छ, प्रोडक्टिब हुन्छ, फु्रटफुल हुन्छ । यसले सम्बन्धलाई अझै प्रगाढ बनाउँछ ।’
राजदुत रेले प्रधानमन्त्रीको भ्रमणमार्फत भारतले आर्थिक विकास र पुनःनिर्माणको साझेदारीमा शसक्त सन्देश दिने उल्लेख गर्दै भने,‘ हामीले जलविद्युतको कसरी विकास गरेका छौ र भुकम्प पछिको पुर्ननिर्माण कसरी गरेका छौ भनेर प्रधानमन्त्रीलाई टेहरी र भुजको भ्रमण गराउँदैछौ ।’
नयाँ दिल्ली र मम्बईमा आर्थिक क्षेत्रसँग अन्र्तक्रिया हुने जानकारी दिदै दुई देशको सम्बन्ध आर्थिक विकास र साझेदारीमा केन्द्रीत भए दुबै मुलुकको हित हुने धारणा राखे ।