राजधानीका नाकामा ‘भेइकल एक्स–रे मेसिन’

माघ २७, काठमाडौं– महानगरीय प्रहरीले काठमाडौं उपत्यका जोड्ने नाकाहरुमा ुभेइकल एक्स रे राख्न प्रस्ताव गरेको छ।

अपराधिक गतिविधिविरुद्धको अभियानलाई सफल बनाउन भन्दै महानगरीय प्रहरी कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका नाका हुँदै आवागमन गर्ने सवारी साधन र यात्रुको जाँच गर्न एक्स(रे मेसिनको प्रस्ताव गरेको हो।

यो प्रस्ताव कार्यान्वयनमा आए राजधानीका नाका प्रयोग हुने लागू औषध ओसारपसार, सुन तथा रक्तचन्दन तस्करी, अबैध हातहतियार कारोबार लगायत गतिविधि नियन्त्रणमा मदत हुने प्रहरीले  जनाएको छ। (कारोबार दैनिकबाट)