पाटन संग्राहलयमा वाटर कलर एक्जिविसन

ललितपुर–योङ्ग पिकासो सामुदायिक चित्रकला अध्ययन केन्द्रकोे आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय ललितपुरको आयोजनामा वाटर कलर ग्रुप आर्ट एक्जिविसन शुरु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय ललितपुरको सिप विकास तालिममा ४ महिने चित्रकला तालिम मा तालिमप्राप्त ९ जना चित्रकार तथा योङ्ग पिकासोका ४ गरि १३ जना चित्रकारहरु
सितु मास्के, रक्षा शाक्य, शान्त धाक्ख्वा, सरुना देवी महर्जन, विकास महर्जन, सविना महर्जन, संजय महर्जन, लकस महर्जन, सपना बज्राचार्य, युस्मा हाडा, अजस्ना शाक्य, सन्दिप महर्जन, रिता कायस्थका वाटर कलरले निर्माण गरिएका ५० चित्र उक्त प्रदर्शनीमा राखिएको छ ।

हेल्पिङ सोसाइटि नेपालका अध्यक्ष डा. निर्मल विष्टले भुकम्पप्रतिरोधी वातावरणमैत्री गाउँ निर्माण गर्न लागिएको र उक्त कार्यको शुरुवात ललितपुरको घ्याम्पेडाडाबाट गर्न लागिएको जानकारी दिए । सीमान्तकृत र अल्पसंख्यक पहरी र नगरकोटी जातीको बस्ती रहेको उक्त क्षेत्रमा भुकम्पले ध्वस्त बनाएकोले सो क्षेत्रमा ४० घर तथा विविधतायुक्त बस्ती विकासमा सहयोग गरिने उनले बताए ।
ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले उद्योगीहरु सधै उद्योगको विकास तथा प्रवद्र्धनमा लागिपरेको तथा राज्यका संकट निवारणका लागि सबैसँग हातेमालो गर्न तयार रहेको वताए ।
घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका प्रमुख कृष्णप्रसाद जैसीले उद्योग कार्यालयले सबै उद्योगलाई प्रवद्र्धन गरेको तथा कलालाई उद्योगको रुपमा विकसित गर्नुपर्ने आवश्यकता ब्यक्त गरे ।
संस्थाका निर्देशक अजय देशारले ललितकलाको राजधानी ललितपुरमा छरिएर रहेका कलाकारलाई एकीकृत गर्दै उनीहरुमा रहेको कलाकारिता निखार्दै योङ्ग पिकासो अघि बढिरहेको जानकारी दिए ।
प्रदर्शनीमा चित्रहरु विक्री भएको रकममध्ये २५ प्रतिशत रकम घ्याम्पेडाडामा हेल्पिङ्ग सोसाइटिे नेपालले संचालन गर्न लागेको परियोजनका लागि सहयोग गरिने उनले बताए । प्रदर्शनी ४ दिनसम्म चल्नेछ ।