माघ १, काठमाडौँ –नेपाल भाषाको चलचित्रको विकासको लागि कार्यरत नेवाः फिल्म सोसाइटीले नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ, गोरखापत्रका प्रधानसम्पादक पुष्करभक्त माथेमा र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईलाई सम्मान गरेको छ ।
ललितपुरको झम्सीखेलमा आयोजित एक समारोहमा प्रधानसम्पादकद्वय श्रेष्ठ र माथेमालाई सम्मान गरिएको हो ।
सोही अवसरमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईलाई पनि सम्मान गरिएको थियो ।
हालै सम्पन्न नेपाल मिडिया सोसाइटीको अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ र गोरखापत्रको प्रधानसम्पादकमा नियुक्ती भएका माथेमाको सफल कार्यकालको कामना गर्दै पत्रकारितामार्फत पु¥याएको योगदानको उच्च सराहना गर्दै समान गरिएको बताइएको छ ।
सो अवसरमा सहभागी वक्ताले मातृभाषामा बनाइने चलचित्रमा सम्बन्धित जातजातिको भाषा,संस्कार पहिचान, संस्कृति र परम्परालाई के कति प्रतिविम्बित गर्न सक्यौं वा सकेनौं भनेर समिक्षा गर्नुपर्नेमा जोड दिदै सख्यात्मक रुपमा नभई चलचित्रको गुणस्तरमा ध्यान दिनुपर्ने खाँचो औल्याए ।