पुस २९, काठमाडौँ– आँखाको ज्योति नहुनेले पनि खेल खेल्न सक्छन् ररु अझ क्रिकेट खेल्ने कुरा त पत्याउनै गाह्रो भो। हम्रो कानमा गुन्जिएका औसत मानिसका कुरा हुन् यी। हो, हामी आँखा देख्दैनौ। आँखा नदेखेपनि खेलकुदको माध्यमवाट नेपालीलाई चिनाउन सक्षम छौँ।
सायौँ थुंगा फूलका हामी एउटै माला नेपाली भन्ने राष्ट्रिय गानले हामीलाई पनि समेटेको छ भन्ने लाग्छ। द्यृष्टिविहीनले देशको झन्डा बोकेर संसार चिनाउन सक्छन्। हामी उत्कृष्ट क्रिकेट खेलेर देशलाई चिनाउने अभियानमा छौँ, नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे भन्छन्।
भारतमा जनवरी १७ देखि २४ तारिखसम्म सञ्चालन हुने प्रथम टी–ट्वान्टी दृष्टिविहीन एसिया कप क्रिकेटमा सहभागी हुन त्यसतर्फ प्ररथान गर्नु अघि मंगलवार आयोजित विदाई कार्यक्रममा खेलाडीको मनोबल बढाउँदै घिमिरे मार्मिकरुपमा प्रस्तुत भए, ‘हो हामी आँखा देख्दैनौँ तर आवाज सुन्न सक्छौ। तइही आवाजलाई पछ्याएर ब्याट चलाउँछौ अनि राष्ट्रका लागि रन बटुल्न मैदानमा संघर्ष गर्छौँ।’
नेपाली क्रिकेटमा सबल खेलाडीले एकपछि अर्को सफलता हात पारिरहेको अवस्थामा दृष्टिविहीन क्रिकेट खेलाडीले पनि ठूलो छलाङ मारेका छन्।(अन्नपूर्ण पोस्ट दैनिकबाट)