असोज २१, काठमाडौँ – ललितपुरलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको छ । बिहीबार दिउँसो १ बजे ललितपुरको टीका भैरव मन्दिर नजिकै केन्द्र बनाएर भूकम्प गएको हो ।
यो गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । वैशाख १२ को विनाशकारी भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिको ४ सय भन्दा धेरै पराकम्पन गइसकेको केन्द्रले जनाएको छ ।