असोज २०, काठमाडौँ – इन्धन अभावकै कारण दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन नसकिने यातायात व्यवसायीले प्रस्त पारेका छन् ।
‘अहिलेकै स्थितिमा हामी दसैंका लागि अग्रिम टिकट खुलाउन सक्दैनौ’ राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोट सिटौलाले भने,‘चर्को इन्धन अभाव छ ।
जाँदाजाँदै बाटोमै इन्धन सकियो भने बीचमा कहीँ पाइँदैन । सुरक्षाको पनि उस्तै चिन्ता छ । त्यसैले दसैंमा अग्रिम टिकट खुलाउन सकिन्नँ ।’
निगमले दसैंमा कुन–कुन रुटमा कति बस सञ्चालन हुन्छन् भन्ने तथ्यांक व्यवसायीसँग मागेको छ ।
यातायात व्यवसायीका तथ्यांकका आधारमा कहाँ–कहाँबाट इन्धन दिन सकिन्छ भन्नेबारे निगमले निर्णय गर्ने थानकोट डिपोका प्रमुख रविन शर्माले बताए, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।