राजेन्द्र रावल
असोज १० ,कैलाली – कैलाली जिल्लाको क्षेत्र नं. १ अन्र्तगतको धनसिहपुर गावीसमा हिजो राती अज्ञात समुह द्घारा आगजनी गरेका छन । आगजनीको जिम्मा अहिले सम्म कसैले पनि लिएको छैन । आगलागी कसले र किन गर्यो भन्ने कुरा खुल्न नसकेको जिल्ला कार्यलय कैलालीले जनाएको छ ।
आगजनीवाट गावीसको कार्यलय जलेको छ भने महतवपूर्ण कागजातहरु समेत जलेर खरानी भएका छन् । कैलालीमै केहि दीन अगाडी क्षेत्र नं. ३ अन्र्तगतको वौनिया गावीसमा समेत खागजनी भएको थियो । यसरी नियमीत अन्तरालमा गावीसमा आगजनी भैरहदा गावीस सचिव हरु भने खातंकित भयका छन् । आग जनि को कारण खुल्न नसके पनि नेपाल प्रहरी ले थारुहटका कार्यकर्ताहरुले आग जनी गरेको हुन सक्ने आसंका गरेको छ ।