भदौ २२, काठमाडौँ – अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी आज मनाइदैछ । ‘दीगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ भन्ने नाराका साथ राष्ट्रिय साक्षरता दिवस मनाउन लागिएको छ ।
यस अवसरमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले विभिन्न कार्यक्रम गर्दैछन् । वि सं २०३१ सालदेखि नेपालले शिक्षा दिवस मनाउन थालेको हो । यस्तै हरेक सेप्टेम्बर ८ मा मनाइने अन्तर्राष्ट्रियरुपमा साक्षरता दिवसलाई पनि भदौ २२ मै मनाउन थालिएको छ । सरकारले आगामी ३ बर्षमा पूर्ण साक्षर बनाउने लक्ष्य लिए पनि अझै झण्डै ३ लाख नागरिक निरक्षर रहेका छन् ।