भदौ १६ , काठमाडौ – पेट्रोलियम पदार्थ आजदेखि नयाँ मूल्यमा पाइने भएको छ । नेपाल आयल निगमले गएरातीदेखि लागुहुने गरि मूल्य घटाएको छ । आजदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेलमा दुई तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३५ रुपैयाँ घटाइएको निगमले जनाएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलि १०६ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको प्रतिलिटर ८४ थियो । खाना पकाउने ग्यासको मूल्य यसअघि चौधसय ३५ भएकोमा अब १४ सय भएको छ ।
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य
