भदौ ५ ,जाजरकोट – अविरल वर्षापछि बिहीबार दिउँसो गाउँ माथिबाट आएको पहिरोले जाजरकोटको लहँ–४ पिपलचौरमा दुई घर पुरेको छ भने २० घरपरिवार विस्थापित भएका छन् ।
पहिरोले शिवराज रावल र मकबहादुर सिंहको घर पुरेको स्थानीय राजन रावलले बताउनुभयो । पानी परिरहेका कारण पहिरो झर्ने क्रम रोकिएको छैन । घर खाली गरेर स्थानीयलाई घुवार गाउँमा सारिएको छ ।
गाविस पहँुच मार्ग जोड्ने सडकको दोबाटो माथिबाट पहिरो झरेको हो । पहिरोका कारण २० घर विस्थापित भएका छन् । पहिरोका कारण बस्ने अवस्था नभएपछि ज्यान जोगाउन घर छोड्न बाध्य भएको युवराज रावलले बताउनुभयो । रासस