भदौ ५, काठमाडौं – अण्डर १० साप च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज बङ्गलादेश र भुटानबीच प्रतिस्पर्धा गर्ने भएका छन् । दिउँसो हुने खेलमा दुइटैले जितको तयारी गरेको बताएका छन् । खेल दिउँसो साढे ३ बजे ललितपुरको सातदोबाटो कम्पलेक्समा हुनेछ । हिजोको खेलमा अफगानिस्तानले विजयी सुरुआत गरेको छ । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ३–१ ले पराजित गरेको थियो । यससँगै अफगानिस्तानले समूह तालिकामा सुरुआती अग्रतासेत लिएको छ ।
आज बंगलादेश र भूटान भिड्ने
