भदौ १, चितवन – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पाँच विकास क्षेत्रलाई नै संघीय राज्यको रुपमा घोषणा गर्न सुझाव दिएकी छिन् । नेपाल प्रेस युनियन चितवनले मंगलबार भरतपुरमा गरेको पत्रकार भेटघाटमा कांग्रेस नेतृ कोइरालाले पछिल्लो समयमा देखिएको संघीयताको विवादलाई पाँच विकास क्षेत्रले सहज रुपमा सम्बोधन गर्ने भन्दै पाँच विकास क्षेत्रलाई नै संघीय प्रदेशको रुपमा अघि सार्नु पर्ने बताइन । उनले यो अवधारणाअनुसार संघीयता लागू भए मधेस, पहाड र तराई सबै एक हुने भन्दै यसलाई लागू गर्न शीर्ष नेताहरुलाई सुझाव दिइन् ।
पाँच विकास क्षेत्रलाई नै संघीय राज्य बनाउन सुजाताको सुझाव
