साउन २८, काठमाडौँ – भूकम्पको पराकम्प आउँने क्रम अझै जारी छ । गएराती पनि काठमाडौं केन्द्रविन्दु भएर एउटा पराकम्प गएको छ । राती १ बजे ४९ मिनेटमा ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
योसँगै वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिको ३ सय ७६ भन्दा धेरै पराकम्पन गैसकेका केन्द्रले जनाएको छ । विज्ञका अनुसार ठूलो भूकम्प पछि साना पराकम्पन आउनु स्वभाविक हो ।
यसै विच वैशाख १२ को महाभूकम्पले चिरा पारेको जमिनमुनिको प्लेट सर्ने क्रम (रप्चर स्लिप) काठमाडौंसम्म आइपुगेको छ।
नेपाली भूकम्पविज्ञले जिपिएस ट्र्याकर राखेर गरिरहेको अनुसन्धानअनुसार यस्तै रप्चर स्लिपका कारण काठमाडौं केन्द्रबिन्दु भएर भूकम्प गइरहेका हुन्।मंगलबार बिहान काठमाडौं कालीमाटी आसपासको क्षेत्रमा केन्द्रबिन्दु भएको भूकम्प पनि यसकै निरन्तरता भएको विज्ञले बताएका छन्।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने, ‘रप्चर स्लिप काठमाडौंमुनि आइपुगेकाले सञ्चित शक्ति बाहिर आउन साना परकम्प गइरहन सक्छन्।’ विज्ञका अनुसार दुई प्लेटबीच दरार उत्पन्न हुँदा सञ्चित शक्ति बाहिर निस्कने क्रममा उत्तरतर्फ धकेलिएको प्लेट क्रमशः दक्षिणतर्फ सर्दैछ । त्यही क्रममा काठमाडौं आसपास परकम्प आएको हो।
काठमाडौँमा पिलेट सरेपछि फेरी अर्को पराकम्प
