अन्तर्राष्ट्रिय युवा दिवस,प्रतिभावान युवालाइ सम्मान गर्दै सम्पन्न

साउन २७, काठमाडौँ – अन्तर्राष्ट्रिय युवा दिवस आज सरकारी तथा विभिन्न गैरसरकारी मिलेर एक कार्यक्रम गरी सम्पन्न  भएको छ । आज युवा दिवसका अवसरमा बिहानै शान्तीवाटिका बाट प्रज्ञा भवन कमलादी सम्म बाजागाजा सहित् “पुनर्निर्माणमा युवाको सक्रिय  सहभागीता ” मूल नारा  निकाली त्यहा पुगेर प्रतिभावना शाहसी युवाहरु लाई सम्मान गर्दै समापन गरियो । सोहि अवसरमा सरकार ले युवा  क्रिकेट खेलाडी  सोमपाल कामी , कराँतेकी विमला तामाङ,  तेक्वान्दोका ज्ञानी चुनारा, एथलेटिक्सका विक्रमबहादुर राना र केशरी चौधरी, भलिबलकी विनिता बुढाथोकी र किक बक्सिङका दिवस श्रेष्ठलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट प्रमाण पत्र सहि १ लाख पुरस्कार राशीले  सम्मानित गरेको छ ।  यस्तै एथलेटिक्सका सुनिल चौधरी र प्रतिभा चौधरी तथा कराँतेका प्रशिक्षक सञ्जु महर्जन र व्याडमिन्टनका प्रशिक्षक रजनी मैयाँ जोशी संयुक्त रुपमा सम्मानित भएका छन् । चारै जनाले जनही ५० हजार नदग पाएका छन् ।  सन् २००० देखि अगष्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस शुरु गरिए पनि नेपालमा भने सन् २००४ देखि मात्रै यो दिवस मनाउन थालिएको हो ।
नेपालको कूल जनसंख्याको १६ देखि ४० वर्ष उमेर समूहका ४० दशमलव ३४ प्रतिशत युवा रहेका छन् ।